बालुवाटार जग्गा काण्ड : यसरी उम्किँदैछन् ठूला माछा !

काठमाडौँ – बालुवाटार जग्गा प्रकरणमा ठूला माछा भनिएका भीआइपीहरुलाई उन्मुत्तिको तयारी गरेको पत्ता लागेको छ । प्रकरणकाे अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ३ सय जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । उक्त जग्गा कीर्ते काण्डमा कांग्रेस नेता विजयकुमार गच्छदारसहित उच्च तहका राजनीतिक तथा सरकारी कर्मचारी तानिने भएका छन् ।

उक्त काण्डमा हाई प्रोफाइलका व्यक्तिहरू संलग्न रहेकाले प्रहरीले फेला परेका केही व्यक्तिलाई मात्र पक्राउ गरेर अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ । ब्युरोले पुस महिनाभित्र मुद्दा अदालतमा बुझाइसक्नुपर्ने भएकाले केही व्यक्तिलाई पक्राउ गरी हाई प्रोफाइलका व्यक्तिलाई भने पक्राउ नगरीकनै अनुसन्धान प्रतिवेदन मात्रै अदालतमा बुझाउने तयारी गरेको स्रोतले बताएको छ ।

ब्युरोका प्रमुख डीआईजी धीरजप्रताप सिंहले भने ३ सय जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको र उनीहरूको खोजीलाई ब्युरोले तीव्र बनाएको दाबी गरे । उनले अदालतबाट पक्राउ पूर्जी जारी भएका सबैको खोजीका लागि ब्युरोले टोली परिचालन गरेको दाबी गर्दै भने – ‘हामी दोषी देखिएका सबैलाई पक्राउ गरी अदालतमा पेस गर्छौं ।’

प्रतिक्रिया