बुधबार सुनको मुल्य ६०० रुपैँयाले बढ्यो
काठमाडौं – साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोलामा ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ६ सयले बढेर ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।
तेजावी सुन प्रतितोलामा ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ ।
यस्तै, चाँदीको मूल्य पनि आज १० रुपैयाँले बढेर १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।