प्रधानमन्त्री देउवा पुस २६ गते भारत भ्रमणमा निस्कने, यस्तो छ कार्यतालिका


काठमाडौं – प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पुस २६ गते भारत भ्रमणमा जाने भएका छन् । देउवाले २६ गते भाइब्रेन्ट गुजरात सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री सचिवालयका अनुसार उनले सोही दिन भारतीय समकक्षी नरेन्द्र मोदीसँग गान्धीनगरमा औपचारिक भेटवार्ता गर्ने छन् । यसका साथै देउवाले सबै भेटघाट कार्यक्रम गान्धीनगरमै गर्ने छन् । यसकासाथै उनले अन्य राजनीतिक भेटघाट गर्नेछन् । देउवाकाे भारत भ्रमणअघि उनकी पत्नी तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा भारत भ्रमणमा छन् । उनले यसबीचमा राजनीतिक सक्रियातासमेत बढाएकी छन् । राणाले भाजपाका महासचिव विजय चौथाइवालासँग भेटघाट गरिसकेकी छन् ।

प्रतिक्रिया