

कोरोनाबाट विराटनगरमा २ जनाको मृत्यु

विराटनगर – विराटनगरमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मङ्गलबार राति मोरङको पथरीशनिश्चरे र सुन्दरहरैँचाका नगरपालिकाका एक-एकजनाको मृत्यु भएको हो ।
सुन्दरहरैँचा नगरपालिका-३ का २२ वर्षीय पुरुषको राति ९ः५० बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ । पीसीआर परीक्षण गराउँदा मंसिर २९ गते सोमबार रिपोर्ट पोजिटिभ आएपछि युवकलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना गरेर सुरु गरे लगतै मृत्यु भएको अस्पतालले जनाएको छ ।
त्यस्तै पथरीशनिश्चरे नगरपालिका-१ की ७३ वर्षीया वृद्धा महिलाको पनि राति ८ः५० बजेतिर मृत्यु भएको छ । उनलाई उपचारका लागि मंसिर २७ गते भर्ना गरिएको थियो ।

