संवैधानिक परिषद अध्यादेशविरुद्ध सर्वोच्चमा रिट, खारेज हुने सम्भावना


काठमाडौं– संवैधानिक परिषद अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ। अधिवक्ता ओमप्रकाश अर्यालले रिट दायर गरेका हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा हिजो अध्यादेश जारी गरेपछि अर्याल त्यसविरुद्ध सर्वोच्च अदालत पुगेका हुन्।

अध्यादेशअनुसार नै संवैधानिक परिषदको बैठक बसीसकेको छ। संवैधानिक अयोगमा केही नियुक्ति समेत भइसकेको छ। अर्यालले दायर गरेको रिट खारेज हुने सम्भावना रहेको छ।

‘संविधानको अधिकारक्षेत्रभित्र उक्त अध्यादेश जारी भएको देखिन्छ। त्यहाँमाथि संवैधानिक परिषदको बैठक बसी केही नियुक्ति भएका छन्। जसका सदस्य प्रधानन्यायाधीश पनि सहभागी थिए’, उच्च स्रोतले भन्यो,‘संवैधानिक परिषदबारे धेरै बुझेरै प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशका लागि सिफारिस गरेको हुनुपर्छ।’

प्रतिक्रिया