माओवादीमा समानुपातिकतर्फका केन्द्रीय सदस्य सहमतिबाटै चयन हुने


काठमाडौं – नेकपा माओवादी केन्द्रमा समानुपातिकतर्फ केन्द्रीय सदस्य सहमतिबाटै चयन हुने भएको छ ।

काठमाडौंमा चलिरहेको आठौं राष्ट्रिय महाधिवेशनले २९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ । जसमध्ये १४५ जना खुलातर्फबाट र १५४ समानुपातिक पद्धतिबाट चयन हुनेछन् । समानुपातिकतर्फ ८ वटा क्लस्टर छुट्याइएको छ ।

सात प्रदेशलाई हरेक क्लस्टरमा संख्या तोकेर केन्द्रीय सदस्य दिन भनिएको थियो । त्यसअनुसार ५ वटा प्रदेशमा सहमति जुटेको छ भने प्रदेश २ र वागमतीमा सहमतिको प्रयास भइरहेको छ ।

समानुपातिकतर्फ प्रदेश १ बाट २१, प्रदेश २ बाट २५, वागमतीबाट ३०, गण्डकीबाट १४, लुम्बिनीबाट २३, कर्णालीबाट १७, सुदूरपश्चिमबाट १६ र विशेष क्षेत्रबाट ८ जना गरी कुल १५४ जना चयन हुनेछन् ।

सहमतिकै प्रयासमा बन्दसत्र स्थगित गरेर स्थायी कमिटी सदस्यहरुको बैठक पटकपटक बसेको छ । माओवादी केन्द्रले सहमतिकै लागि निर्वाचन कार्यक्रम तीन पटक संशोधन गरिसकेको छ ।

पछिल्लो पटक सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार आइतबार साँझ उम्मेदवारी दर्ता गर्ने र सोमबार विहान ८ देखि मतदान हुनेछ ।

प्रतिक्रिया