

रूसले २०२१ मा राष्ट्रिय हित र सुरक्षाको रक्षामा जोड दियो : राष्ट्रपति पुटिन

मस्को – रुसले सन् २०२१ मा आफ्नो राष्ट्रिय हितका साथै देश र नागरिकहरूको सुरक्षाको दृढतापूर्वक र निरन्तरू रक्षा गरेको राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार आफ्नो २०२२ नयाँ वर्षको सम्बोधनमा उल्लेख गरेका छन् ।
‘हामीले ठूला चुनौतीहरूको सामना गर्यौं र जटिल समस्याहरू समाधान गर्न यस्तो कठोर परिस्थितिमा बाँच्न सिक्यौं। हामी हाम्रो एकताका कारण यो गर्न सक्षम भयौं,’ पुटिनले भने।
‘सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि हामीले विगत वर्षका सबै कठिनाइहरू सँगै पार गर्यौं ‘ अझै धेरै नसुल्झेका समस्याहरू छन् त्यसलाई सुल्झाउँनुपर्ने छ।’, पुटिनले भने ।
नयाँ वर्ष मनाउदै गर्दा यसले नयाँ अवसरहरू खोल्नेछ। त्यसलाई परिणाममा बदल्नका निम्ति हाम्रै सुझबुझ महत्त्वपूर्ण हुने पुटिनले बताएका छन्। सम्बोधन मन्तव्यमा राष्ट्रपतिले कोभिड–१९ महामारीमा आफ्ना प्रियजन गुमाएकाहरुप्रति समवेदना पनि व्यक्त गरेका छन् ।

