२०२२ काे शुभकामना दिँदै ओलीले भने : २०२१ मा एमालेलाई जालझेलपूर्ण तरिकाले सरकारबाट हटाइयाे


उनले मुलुकको विकासका सम्पूर्ण कामहरुमा अल्मविराम लागेको र विकासको राष्ट्रिय बहसको ठाउँ सत्ताशक्तिको अनुचित भागबण्डा, लेनदेन र राज्यस्रोतको दोहनले लिएको गुनासो पनि गरेका छन् ।

नयाँ वर्ष सन् २०२२ को शुभकामना सन्देश जारी गर्दै ओलीले यस्तो गुनासो गरेका हुन् । तत्कालीन एमाले सरकारले मुलुकबाट गुमाइएको भूभाग फिर्ता गर्न प्रयास गरिरहेको तथा असाधारण विकास अभियान चलाइरहेको बेला यस राज्यका विभिन्न अंगहरुलाई दुरुपयोग गरी यसमा अवरोध पुर्याइएको उनको आरोप छ ।

प्रतिक्रिया