

आफ्नै प्रतिवेदनमा उठेका प्रश्नको जवाफ दिँदै प्रचण्ड

काठमाडौँ – नेकपा ९माओवादी केन्द्र०को महाधिवेशनमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदनमा उठेका प्रश्नहरूको जवाफ दिने छन् ।
समूहगत छलफलको सुझाव तथा निष्कर्षको प्रस्तुतीकरण सकिएपछि प्रचण्डले प्रतिवेदनमा उठेका प्रश्नहरूको जवाफ दिन लागेका हुन् । प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमा २५ वटा समूहका टोली नेताले निष्कर्ष सुनाएका थिए ।
आजको बन्दसत्र दिउँसो १ बजेबाट हुनेछ । निर्वाचन आयोगको प्रतिवेदन, लेखा आयोग र अनुसासन आयोगको प्रतिवेदन पारित भएपछि प्रचण्डले प्रतिवेदनमा उठेका प्रश्नहरूको जवाफ दिने छन् ।

