रक्षा सचिव शर्मा अवकाश, राजनीतिक र प्रशासनिक नेतृत्वविहीन मन्त्रालय


काठमाडौं – रक्षा सचिव बेगेन्द्र राज शर्माले अनिवार्य अवकाश पाएका छन् । साउन अन्तिम सातादेखि रक्षा सचिवमा कार्यरत शर्माको बुधबार रक्षा मन्त्रालयले एक समारोहका बिच बिदाइ गरिएकाे हाे ।

सचिवको पाँच वर्षे अवधिमा अन्तिम पाँच महिना मात्रै मन्त्रालयको सचिवका रूपमा काम गर्ने अवसर पाएका शर्माले अनिवार्य अवकाश लिएसँगै मन्त्रालय राजनीतिक र प्रशासनिक नेतृत्वविहीन भएको छ ।

शर्मा अनिवार्य अवकासमा गएसँगै तत्कालका लागि सहसचिव तथा योजना तथा अन्तर्राष्ट्रिय समन्वय महाशाखा प्रमुख बाबुराम अधिकारीले निमित्त सचिवको रुपमा काम गर्नेछन्।

तत्कालीन मन्त्री डा। मिनेन्द्र रिजालले काँग्रेसको महाधिवेशनमा पराजित भएपछि मन्त्री पदबाट राजीनामा दिएसँगै प्रधानमन्त्रीले नै सम्हालेको मन्त्रालयमा सचिव पनि अवकाश भएसँगै दुवै नेतृत्व खाली हुन पुगेको छ ।

 

प्रतिक्रिया