माओवादीमा समानुपातिक समावेशी संख्या छुट्याउन पाँच सदस्यीय समिति गठन


काठमाडौं – नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी र पदाधिकारीहरूमा समानुपातिक समावेशी कलस्टर तयार गर्नका लागि पाँच सदस्यीय समिति गठन गरेको छ ।

संविधान र पार्टीको विधान व्यवस्था अनुसार पार्टीका प्रत्येक कमिटीमा समानुपातिक समावेशी संख्या विभाजन गर्न समिति गठन गरिएको हो ।

स्थायी कमिटीको मंगलबार बसेको बैठकले देव गुरुङको नेतृत्वमा शक्ति बस्नेत, जनार्दन शर्मा, विष्णुपुकार श्रेष्ठ र गिरिराजमणि पोखरेल रहेको पाँच सदस्यीय समिति गठन गरिएको हो ।

समितिलाई केन्द्रीय समिति लगायतमा समानुपातिक समावेशीको क्लस्टर बनाउने जिम्मेवारी दिने स्थायी कमिटीले निर्णय गरेको हो । समिति सदस्य श्रेष्ठ माओवादी केन्द्रको निर्वाचन आयोगका अध्यक्ष हुन् ।

माओवादी केन्द्रले यसअघि १५ सदस्सीय पदाधिकारी बनाउने विधान पारित गरेको छ । पदाधिकारीमा पनि ३५ प्रतिशित महिला अनिवार्य गरिएको छ । सबैको समावेशी प्रतिनिधित्व छुट्याउनका लागि कमिटी गठन गरिएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।

प्रतिक्रिया