सिके राउतकाे पार्टीले हड्ताल गरेपछि सिराहामा निषेधाज्ञा जारी


काठमाडौँ  ।  सिराहामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । जनमत पार्टीले केही दिनदेखि आमहडताल र चक्काजामलाई निरन्तरता दिएपछि स्थानीय प्रशासनले बुधबारसम्म निषेधाज्ञा आदेश जारी गरेको हो ।

बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्मका लागि दुई दिनसम्म निषेधाज्ञा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जानकारी दिए । उनकाअनुसार आदेश उल्लंघन गरे सुरक्षाकर्मीले नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाही गरिने छ ।

प्रतिक्रिया