माओवादी महाधिवेशनमा प्रचण्डको प्रतिवेदनमाथि आजदेखि छलफल


काठमाडौँ  । नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०को आठौँ महाधिवेशन अन्तर्गत आज अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल हुने भएको छ । प्रतिवेदनमा छलफल गर्न २५ वटा समूह गठन गरिएको छ । अध्यक्ष दाहालले सोमबार विभिन्न सात बुँदामा ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो, ऐतिहासिक आठौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत प्रतिवेदन’ शीर्षकको राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।

समूहका संयोजकले आफ्नो समूहमा उठेका विषयलाई बन्द सत्रको हलमा प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ । प्रतिवेदन पारित गरेपछि नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ ।

समूहका संयोजक र ठाउँहरू

समूह १. ज्येष्ठ क्युनिस्ट मञ्च– एमके प्रसाईं (संयोजक), ठाउँ मञ्च अगाडि ।

समूह २ र ३. सल्लाहकार परिषद– नन्दकुमार थापा (संयोजक), मञ्चको दायाँबायाँ, १३९ को आधा आधा विभाजन गरेर दुईवटा ।

समूह ४ र ५. प्रदेश १ का प्रतिनिधि– हर्क नेम्वाङ (संयोजक), ठाउँ भानुभक्त हल ।

समूह ६ र ७. प्रदेश २ का प्रतिनिधि–  गणेश साह (संयोजक), पारिजात हल, यो पनि दुई भागमा

समूह ८ र ९. लुम्बिनी प्रदेशका प्रतिनिधि– चक्रपाणि खनाल (संयोजक), सिद्विचरण हल, पुस्तकालयनेर

समूह १० र ११. गण्डकी प्रदेशका प्रतिनिधि– गायत्री गुरुङ (संयोजक), पेरिसडाँडाको माथिल्लो हल

समूह १२. प्रवास समितिका प्रतिनिधि– लक्ष्मण पन्त (संयोजक), पेरिसडाँडा मजदुर हल

समूह १३ र १४. कर्णाली प्रदेशका प्रतिनिधि– विमला केसी (संयोजक), एनवान पार्टी प्यालेस, बानेश्वर, दुइवटा हलमा ।

समूह १५ र १६. सुदूरपश्चिम प्रदेशका प्रतिनिधि– खगराज भट्ट (संयोजक), एवान पार्टी प्यालेस, अर्को हल

समूह १७ र १८. केन्द्रीय विभागका प्रतिनिधि– मायाप्रसाद शर्मा (संयोजक), क्वालिटी ब्यांकेट, बुद्धनगर,

समूह १९. विशेष प्रदेशका प्रतिनिधि– जगत सिंखडा (संयोजक), क्वालिटी ब्यांकेट, बुद्धनगर

समूह २० र २१. सम्पर्क समन्वय प्रदेशका प्रतिनिधि– श्रीकृष्ण अधिकारी (संयोजक), क्रिस्टल पार्टी प्यालेस, बिजुलीबजार

समूह २२ र २३. बागमती प्रदेशका प्रतिनिधि– सरल सहयात्री (संयोजक), काठमाडौं ब्यांकेट

समूह २४. सम्पूर्ण आयोगका प्रतिनिधि– विष्णुविकास श्रेष्ठ (संयोजक), काठमाडौ व्यांकेट

समूह २५. जबस, मोर्चाका इन्चार्जहरू, एकता प्रक्रियामा आएकाहरू– अमृता थापा (संयोजक), काठमाडौं ब्यांकेट

प्रतिक्रिया