आगोसँग खेल्दा बालुवाटारबाट बालकोट भयो : प्रचण्ड


काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब आउने निर्वाचनले सबैको मुल्यांकन गर्ने बताएका छन् ।

नेकपा मसाल सम्पर्क केन्द्रसँग पार्टी एकता घोषणा कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले भने आउने निर्वाचनमा कसको हालत के हुन्छ देखिनेछ ।

प्रचण्डले आफूहरुले सही विचारका साथ एमालेसँग एकता गरेको तर, अर्को पक्षले सत्तामा पुग्ने भर्‍याङका रुपमा प्रयोग गर्दा धोका र विश्वासघातमा परिणत भएको बताए । त्यसपछि आफूले संसदमा बोल्दा आगोसँग खेल्ने दुस्साहस नगर्नु उचित हुन्छ भनेर चेतावनी दिएको स्मरण गर्दै प्रचण्डले भनेका छन्, ‘आगोसँग खेल्दा बालुवाटारबाट बालकोट भयो, छ वटै प्रदेशमा मुख्यमन्त्री चट भयो ।’

एमालेतिर संकेत गर्दै प्रण्डले अवसरवादीहरु पार्टी प्रवेशका नाममा गाउँगाउँमा केही मान्छेको सिला खोज्दै हिँडेको बताए । उनले अघि भने, ‘सुनारको सय चोट, लोहारको एकै चोट भन्छन् । आज हामीले लोहारको एकै चोट हान्यौं ।’

नेकपा मसाल सम्पर्क केन्द्रसँग गरेको पार्टी एकता गणतीय मात्र नभई ज्यामितिय हुने उनको तर्क छ । अहिले माओवादीको संगठन सदस्य ८ लाख बढी रहेको भन्दै प्रचण्डले भने, ‘अब यो १० लाखभन्दा बढी भएर अगाडि बढ्छ ।’

 

प्रतिक्रिया