अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न सल्यान पुगे माधव नेपाल


काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय अध्यक्ष माधव कुमार नेपाल बिहीबार सल्यान पुगेका छन् ।

उनी शुक्रबार एकीकृत समाजवादी सल्यानको जिल्ला भेलालाई सम्बोधन गर्न सल्यान पुगेका हुन् ।

अध्यक्ष नेपालसँगै पार्टीका केन्द्रीय उप–महासचिव तथा कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वाला पनि सहभागि हुनेछन् । कार्यक्रमका लागि पार्टीका अन्य केन्द्री सदस्यहरु समेत सहभागि हुने जनाईएको छ ।

प्रतिक्रिया