काँग्रेसको केन्द्रीय समिति बैठक शनिबार बस्ने


काठमाडौं – नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट चुनिएको केन्द्रीय समितिको बैठक यही पुस १० गते (शनिबार) बस्ने भएको छ ।

१४ औं अधिवेसन अन्तर्गत भएको मतगणना आज सबै केन्द्रीय सदस्यहरुको मतपरिणाम आइसक्ने र त्यसपछि बैठक व्यवस्थापनको तयारी सुरु हुने बताइएको छ । अब आदिवासी जनजाती र खसआर्यतर्फ केन्द्रीय सदस्यहरुका लागि भएको निर्वाचनको मतपरिणाम सार्वजनिक हुन बाँकी छ ।

मंसिर २४–२७ सम्म भएको काँग्रेसको १४ औं महाधिवेशनमा १३४ पदका लागि निर्वाचन भएको थियो । बुधबारसम्म दलिततर्फसहित १०६ पदको मतपरिणाम सार्वजनिक भएको छ । अहिलेसम्म सार्वजनिक १३ पदाधिकारीसहित ९७ पदमध्ये संस्थापन समूहले दुई तिहाइ बढी पदमा जित हासिल गरेको छ।

प्रतिक्रिया