

कोरोनाका कारण लिबियाका सांसदको निधन

लिबिया – कोरोनाभाइरसबाट सङ्क्रमित भएका लिवियाका एक जना सांसदको निधन भएको छ । मोरक्कोस्थित एक अस्पतालमा उपचार गराइरहेका बेला सांसद ओमर गार्मिलको निधन भएको अधिकारीहरुले जनाएका छन् ।
उनलाई झण्डै एक हप्ता अगाडि कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको थियो । त्यसपछि उनको उपचार भइरहेको थियो ।
निधन भएका सांसद गार्मिल नोभेम्बरको अन्त्यतिर तान्जायर्समा भएको एउटा बैठकमा सहभागी भएका थिए । सो बैठकमा लिबियाका अरु १२० जना सांसद पनि सहभागी भएका थिए ।
मोरक्कोको कुटनीतिक श्रोतका अनुसार सांसद गार्मिलको गत आइतबार नै निधन भएको हो ।
मोरक्कोमा कोरोनाका कारण अहिलेसम्म झण्डै चार लाख मानिस सङ्क्रमित भएका छन् । तीमध्ये छ हजार ६२४ जनाको मृत्यु नै भएको छ ।
त्यसैगरी लिबियामा अहिलेसम्म ९१ हजार जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ भने एक हजार ३१४ जनाको मृत्यु भएको छ ।

