प्रतितोला ८ सय रुपैँयाले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ – नेपाली बजारमा पहेँलो धातु सुनको भाउ आज (मंगलबार) तोलामा ८०० रुपैयाँले सस्तिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो(सोमबार) ९३ हजार ८ सय रुपैया तोला किनबेच भएको सुन आज प्रतितोला ८ सय रुपैँयाले घटेर छापावाल सुन प्रतितोला ९३ हजारमा कारोबार भइरहेको छ ।

यस्तै, आज यता तेजाबी सुनको मूल्य पनि ८०० रुपैयाँले नै सस्तिँदै ९२ हजार ५०० रुपैयाँमा झरेको महासंघले जनाएको छ।

चाँदीको मूल्य तोलामा १० रुपैयाँले सस्तिँदै एक हजार २३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया