

काठमाडौं मूलपानीस्थित हार्डवेयर पसलमा आगलागी

काठमाडौं – कागेश्वरी नगरपालिका मूलपानीस्थित पिपलबोटमा रहेको एक हार्डवेयर पसलमा आगलागी भएकाे छ । युवराज खत्रीद्वारा सञ्चालित तृष्णा जोन अफ कलर्समा लागेको आगो करिब दुई घण्टापछि नियन्त्रणमा आएको छ ।
सोमबार बिहान ४ बजेदेखि सल्किएको आगोले पसलमा रहेको सबै साम्रगी नष्ट गरेको छ । आगो नियन्त्रणमा लिनका लागि काठमाडौं भक्तपुर र ललितपुर जिल्लाका जुद्ध वारुण यन्त्रका दमकलहरू परिचालित भएका थिए ।
महानगरीय प्रहरी वृत्त, बौद्धका अनुसार आगो विद्युतीय तार सर्ट भएर सल्किएको आशंका छ। आगलागीबाट मानवीय क्षति भने भएको छैन ।
आगोले पसलमा रहेको रङ, रङ बनाउने मेसिन, टाइल, पाइप र फिटिङका सामानहरू गरेर करिब ४ करोड रुपैयाँबराबरको क्षति पुगेको सञ्चालकको भनाइ छ ।

