४ अंकले बढ्यो नेप्से, जलविद्युतमा आकर्षण


काठमाडौं–मंगलबार सेयर बजारको परिसूचक नेप्से ४ अंकले बढेको छ। ४. १७ अंकले बढेको परिसूचक १ हजार ५८६ अंकमा कायम भएको छ।

यस दिन २ अर्ब ४२ करोड रुपैयाँको सेयर किनबेच भएको छ। यस दिन १९५ कम्पनीको कारोबार भएको छ।

समूहगत रुपमा हेर्दा जलविद्युत क्षेत्रमा लगानीकर्ताको आकर्षण देखिएको छ। यो समूह नै यस दिन सबैभन्दा धेरै ६६ अंकले बढेको छ।

बैंकिङ ०.४६, होटल ०. १५, निर्जीवन बीमा समूह ५७, माइक्रोफाइनान्स ९, जीवन बीमा २५ अंकले घटेका छन्।

त्यस्तै जलविद्युत समूहका अलवा ब्यापार ८, विकास बैंक ७, फाइनान्स ६, अन्य २ र उत्पादन समूह ४ अंकले बढेका छन्।

यस दिन ५ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ। नेपाल फाइनान्स, ङादी ग्रुप, दिव्यश्वरी हाइड्रो, नेसनल हाइड्रोपावर, माउन्टेन हाइड्रोको मूल्य १० प्रतिशतले बढेको छ।

रसुवागढी हाइड्रोपावर, खानीखोला हाइड्रो, कालिका पावरको मूल्य पनि १० प्रतिशतको हाराहारीमा बढेको छ।

सानिमा माइ हाइड्रोको सबैभन्दा बढी १० करोड ७० लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो। नेसनल हाइड्रोपावरको १० करोड तथा अरुण काबेलीको ९ करोड रुपैयाँ बराबरको कारोबार भयो।

यस दिन अरुण भ्याली हाइड्रोको मूल्य भने सबैभन्दा धेरै ४ प्रतिशतले घटेको छ।

प्रतिक्रिया