सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन आज


काठमाडौं– सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन दिने आज (असोज २०)  अन्तिम दिन हो । बैंकले असोज १६ गतेदेखि १ हजार रुपैयाँ दरमा ३ अर्ब रुपैयाँ बराबरको ३० लाख युनिट (इकाई) ऋणपत्र खुला गरेको हो ।
यसमध्ये १२ लाख युनिट सर्वसाधारणले आवेदन दिन सक्नेछन । यस्तै, १८ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बेच्दैछ ।

वार्षिक ८.५ प्रतिशत ब्याजदर पाइने छ । न्यूनतम २५ इकाईदेखि अधिकत्तम १० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । बैंकले ७ वर्ष अवधिको ‘८.५ प्रतिशत सिद्धार्थ बैंक डिबेन्चर २०८४’ नाममा ऋणपत्र जारी गरेको हो ।
बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गरेको छ । इक्रा नेपालले यो ऋणपत्रलाई न्यून जोखिम जनाउने ‘इक्रा एनपी एलए’ रेटिङ दिएको हो ।

प्रतिक्रिया