‘एमाले सर्वदलीय बैठकमा नजाने’ : अध्यक्ष ओली
काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा बैठकमा नजाने भएका छन् । ओली दुईवटा कारण देखाउँदै सहभागी नहुने बताएका हुन् ।
बैठकमा निम्ता गर्न एमाले अध्यक्ष ओलीलाई फोन गरेका प्रधानमन्त्री देउवालाई प्रतिपक्ष दलसँग सल्लाह नगरी बैठक बोलाएको र संसद गतिरोध हलका लागि पहल नगरेको दुईवटा कारण देखाएर सहमभागी हुन नसक्ने जवाफ दिएका छन् ।
उनका अनुसार प्रधानमन्त्री देउवाले औपचारिकता निभाउनका लागि मात्र निम्तो गरेकाले एमाले सर्वदलीय बैठकमा उपस्थित नहुने जानकारी अध्यक्ष ओलीले दिएका छन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।