बुद्ध एयरको विमानको बायाँ इन्जिन फेल, भरतपुरमा गराइयो आकस्मिक अवतरण


चितवन – बुद्ध एयरको ९ एन एईई बीचक्राफ्ट जहाज आकस्मिक अवतरण गरेको छ । भरतपुरबाट काठमाडौं उडेको उक्त विमान बायाँ इन्जिन फेल भएपछि तुरुन्तै भरतपुर विमानस्थलमै आकस्मिक रुपमा अवतरण गरेको हो ।

जहाज विमानस्थलबाट उड्नासाथ विमानका दुईमध्ये बायाँ इन्जिन फेल भएपछि पाइलटले जहाजको आकस्मिक अवतरणको अनुमति कन्ट्रोल टावरसँग मागेका थिए । त्यसपछि विमानस्थलले धावनमार्गमा आवश्यक सुरक्षा तारतम्य मिलाएपछि जहाज अवतरण भएको हो ।

विमानस्थल स्रोतका अनुसार १ बजेर १६ मिनेटमा उडेको जहाज अहिले धावनमार्गमै छ । जसका कारण विमानस्थल बन्द भएको छ ।

जहाजमा १८ जना यात्रु चढेका थिए । उनीहरुलाई सुरक्षित निकालेर जहाजलाई धावनमार्गबाट खाली गराउन लागिएको स्रोतले जनाएको छ । यात्रु र चालक दलका सबै सदस्य सुरक्षित रहेको बुद्ध एयरले जनाएको छ ।

 

प्रतिक्रिया