आफ्नाे शीर झुकाउनु परे पनि नेपालसँग सम्बन्ध बिगार्दैनौं : भारतीय रक्षामन्त्री सिंह


काठमाडौं – भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाल र भारतबीच सम्बन्ध बिगार्न नचाहेको बताएका छन् । भारतको उत्तराखण्ड राज्यमा मङ्गलवार भएको एक कार्यक्रममा उनले केही तत्वहरूले दुई देशबीचको सम्बन्ध बिगार्न चाहेको आरोप लगाए ।

उनले तेस्रो पक्ष को हो भन्नेबारे केही खुलाएका छैनन् । उनले नेपालसँग भारतको रोटी-बेटी तथा सांस्कृतिक सम्बन्ध रहेको दोहोर्‍याए । साथै उनले भारतले नेपालसँगको सम्बन्ध कहिल्यै पनि बिगार्न नचाहेको बताए ।

उनले भने, ‘जेसुकै भए पनि हामीलाई शीर झुकाउनु किन नपरोस् तर नेपालसँगको सम्बन्ध टुट्न दिँदैनौं ।’ सिंहले सन् २०२० को मे महिनामा नेपाल, भारत र चीन बीचको त्रिदेशीय बिन्दु लिपुलेक हुँदै तिब्बत जोड्ने मानसरोवर सडकको उद्घाटन गरेका थिए।

नेपालले आफ्नो दाबी गर्दै आएको लिपुलेक र लिम्पियाधुरा क्षेत्रबाट सडक निर्माण गरिएकाले भारतसमक्ष त्यसको कुटनीतिक रूपमै विरोध जनाएको थियो । एजेन्सी

प्रतिक्रिया