शेयरबजारबारे प्रचण्डको स्पष्टोक्ति, ‘मसमेत लाखौं लगानीकर्ताका हितको पक्षमा छु’


काठमाडौं — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूले शेयरबजारप्रति दिएको अभिव्यक्ति सही भएको दाबी गरेका छन् ।

अध्यक्ष दाहालको हालैको अभिव्यक्तिपछि शेयरबजारमा भारी गिरावट आएसँगै उनको अभिव्यक्तिप्रति एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि प्रतिक्रिया दिएका थिए । ओलीले ‘व्यवसायीले चन्दा नदिएकोले प्रचण्डले शेयर घटाए’ भन्ने आशयको अभिव्यक्ति दिएका थिए ।

त्यसपछि प्रचण्डले बिहीबार एक वक्तव्य जारी गर्दै  ‘ओलीबाट मैले भूमण्डलीकृत साम्राज्यवाद र वित्तिय एकाधिकार पूँजीवादबारे गरेको विश्लेषण माथि गरिएको टिप्पणीलाई दलाल पूँजीपति वर्गको एजेण्टको टिप्पणीका रुपमा खारेज गर्दछु,’ उनले भनेका छन्, ‘आजको पूँजीवादको चरित्रबारे मैले गरेको विश्लेषण सही रहेको दाबीसहित नेपालको सेयर बजारका सन्दर्भमा हाम्रो पार्टी र म समेत लाखौं लगानीकर्ताको हितका पक्षमा रहेको स्पष्ट गर्न चाहन्छु । दलाल पूँजीपतिको झुटो प्रचारबाट भ्रमित नहुन म शेयर होल्डर जनसमुदायसँग अनुरोध गर्दछु ।’

प्रतिक्रिया