

उपसभापतिको मतगणना सुरू हुँदै

काठमाडौं – नेपाली कांग्रेसमा उपसभापति पदको मतगणना अपराह्न ४ बजेबाट सुरु हुने भएको छ ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बुधबार सबैभन्दा पहिले उपसभापति पदबाट मतगणना सुरु हुने छ ।
त्यसैगरी अन्य पदहरुको गणना सुरु हुने नेताहरुले बताएका छन् । २ उपसभापतिका लागि ७ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । महेश आचार्य, सुजाता कोइराला, पूर्णबहादुर खड्का, विजयकुमार गच्छदार, चन्द्र भण्डारी, धनराज गुरुङ, दिव्यश्वरी शाह उम्मेदवार रहेका छन् ।
आचार्यले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका हुन् भने कोइरालाले प्रकाशमान सिंहको प्यानलबाट प्रतिस्पर्धा गरेकी हुन् । त्यसैगरी खड्का र गच्छदर सभापति शेरबहादुर देउवा, भण्डारी र गुरुङ कोइराला प्यानलबाट उम्मेदवारी दिएका हुन् । शाहले विमलेन्द्र निधिको समूहकी उम्मेदवार हुन् ।

