महाधिवेशनस्थलको सरसफाइ बिहीबार हुने, फोहोर कांग्रेस आफैले उठाउने


काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनस्थलमा थुप्रिएको फोहोर बिहीबार सरसफाइ हुने भएको छ । भोलि बिहान कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको उपस्थितिमा सरसफाइ अभियान थालिने जनाइएको छ ।

महाधिवेशनस्थल भृकुटीमण्डप पर्चा र पम्प्लेटले कुरुप भएको छ । नेपाली काँग्रेसमा १४औं महाधिवेशनबाट ४ समूह स्थापित भएका छन् । विगतमा रहेका दुई समूहको विलय भएको छ ।

सभापति शेरबहादुर देउवाको समूह सबैभन्दा बलियो बनेको छ । उनी बहुमतका साथ दोस्रो चरणको मतदानबाट सभापतिमा निर्वाचित भए ।

देउवाको समूहमा कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का, विजयकुमार गच्छेदार, बालकृष्ण खाँड, ज्ञानेन्द्रबहादुर कार्की, डा. प्रकाशशरण महत, प्रदीप पौडेल, एनपी साउद, रमेश लेखकलगायत हस्तीहरु देखिएका छन् ।

प्रतिक्रिया