
एमालेका नवनियुक्त ४४ केन्द्रीय सदस्यले आज सपथ लिने
काठमाडौं – नेकपा (एमाले)का नवनियुक्त ४४ जना केन्द्रीय सदस्यले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्दैछन्।
भक्तपुरमा हालै बसेको केन्द्रीय कमिटीको दोस्रो बैठकले ४४ जनालाई केन्द्रीय सदस्य मनोनित गरेको थियो। उनीहरूलाई बुधबार बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा अध्यक्ष केपी शर्मा ओलीले शपथ ग्रहण गराउने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।
मनोनित हुनेमा लालबाबु पण्डित, विशाल भट्टराईदेखि मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईंसम्म रहेका छन्।



कागजपत्र |
