काँग्रेस सभापतिका लागि भएको मतदान नतिजाविहीन, कति बजे हुँदैछ दोस्रो चरणको चुनाव ?


काठमाडौं – नेपाली काँग्रेसको सभापति पदका लागि भएको मतदान नतिजाविहीन बनेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले अग्रता कायम गरेता पनि विधानअनुसार ५० प्रतिशत भन्दा बढी मत पाउन नसकेपछि अब दोस्रो चरणको मतदान हुने भएको छ । दोस्रो चरणको मतदान आजै हुने र परिणाम पनि आजै आउने नेताहरुले बताएका छन् ।

आइतबार बिहान सकिएको मतगणनामा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अरुले भन्दा बढी मत पाए तर बुहमत पुर्‍याउन नसक्दा दोस्रो चरणमा मतदान गर्नु परेको हो ।

आइतबार भएको मतदानमा ४६७९ मत खसेको थियो । यसअनुसार कुनै पनि उम्मेदवार निर्वाचित हुन २३४० मत चाहिन्थ्यो । तर सबैभन्दा धेरै मत ल्याएका देउवाले २२५८ मत मात्र पाए । उनलाई सभापति निर्वाचित हुन ८२ मत अपुग भएको छ ।

दोस्रो चरणमा सबैभन्दा धेरै मत ल्याउने देउवा र दोस्रो हुने डाक्टर शेखर कोइराबीच प्रतिस्पर्धा हुने छ । कोइरालाले १७४९ मत ल्याएका छन् ।

सभापतिको मत गणना सकिए तगतै दोस्रो चरणको चुनावको तयारीमा लागेको र आज १२ बजेसम्ममा पुन मतदान सुरुगर्ने तयारी भइरहको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया