
सभापति चयनका लागि दोस्रो चरणमा मतदानको सम्भावना प्रबल देखिएपछि बालकृष्ण खाण पुगे चाक्सीबारी
काठमाडौँ – नेपाली कांग्रेसको सभापति चयनका लागि दोस्रो चरणमा मतदान हुने सम्भावना बढेको छ । सभापति चयनका लागि भएको मत गनणाको अन्तिम चरणमा पुग्दा देउवाले ५० प्रतिशत मत प्राप्त नगर्ने देखिएपछि दोस्रो चरणमा मतदान हुने सम्भावना प्रवल देदिएको हो ।
काँग्रेसको सभापति पदका लागि भएको चुनावमा पहिलो चरणबाट नतिजा नआउने संकेत पाएपछि गृहमन्त्री बालकृष्ण खाण शेरबहादुर देउवाको पक्षमा प्रकाशमानलाई फकाउन चाक्सीबारीस्थित सिंह निवासमा पुगेका छन् ।
पहिलो चरणको चुनावमा सिंहले तेस्रो स्थानको मत हासिल गरेका छन् । सिंहले सघाउँदा दोस्रो चरणमा देउवाले जित्ने निश्चित देखेपछि खाण सिंहलाई भेट्न पुगेका हुन् ।
यता काँग्रेस सभापतिका अर्का दाबेदार विमलेन्द्र निधिले दोस्रो चरणको चुनाव हुने स्थिति आएमा प्रकाशमान सिंहसँग सल्लाह गर्ने बताएका छन् । पहिलो चरणको चुनावमा देउवाले ५० प्रतिशत मत प्राप्त नगरेको अवस्थामा प्रकाशमान र विमलेन्द्रको मत निर्णायक हुनेछ । त्यो अवस्थामा देउवालाई सघाउने कि शेखरलाई सघाउने भन्नेबारे निधिले सिंहसँग सल्लाह गर्ने बताए ।



कागजपत्र |
