कांग्रेस सभापति मतगणनाः २ हजार मत गन्दा देउवाले ल्याए ९५८, पछ्याउँदै काेइराला (मतसहित)


काठमाडौं – नेपाली कांग्रेस १४औं महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना जारी छ ।

हालसम्म २ हजार ६ मत गणना भएको छ । जसमा सबैभन्दा बढी शेरबहादुर देउवाले ९५८ मत ल्याएका छन् । उनलाई निकटतम प्रतिस्पर्धी शेखर कोइराला पछ्याइरहेका छन् । कोइरालाले ७२८ मत पाउँदा प्रकाशमान सिंहको १७१, विमलेन्द्र निधिको ११७ र कल्याण गुरुङले ७ मत छ ।

सोमबार मतदान भएकोमा रातिदेखि राष्ट्रिय सभा गृहमा सभापति पदको मतगणना भइरहेको हो ।

नयाँ नेतृत्व चयनका लागि ४ हजार ६७९ मत खसेको छ ।

कांग्रेसको विधानअनुसार सभापति निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । खसेको मतको आधारमा पहिलो चरणमै सभापति चुनिन २३४१ मत प्राप्त गर्नुपर्नेछ ।

प्रतिक्रिया