
काँग्रेस निर्वाचन : मतदान गर्न प्रतिनिधिहरू लाइन लाग्न सुरु
काठमाडौं – नयाँ नेतृत्व चयनका लागि नेपाली काँग्रेसको १४औँ महाधिवेशनमा सोमबार बिहानबाट मतदान सुरु हुँदैछ भने मतदान स्थलमा प्रतिनिधिहरू लाइन लाग्न सुरु गरिसकेका छन् ।
केन्द्रीय निर्वाचन समितिका अनुसार बिहान ८ बजेदेखि मतदान सुरु गर्ने तयारी रहेको छ ।
कुल १३४ पदका लागि मनोनयन दर्ता भएकोमा प्रदेश २ खुला केन्द्रीय सदस्य पदमा आनन्दप्रसाद ढुङ्गाना र रमेश रिजाल निर्विरोध निर्वाचित भइसकेका छन् । अब १३२ पदका लागि मतदान हुनेछ ।



कागजपत्र |
