कांग्रेसको महाधिवेशनमा काेलकाताका माछा


काठमाडाैं – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सहभागीको भोजनका लागि दैनिक दुई हजार चार केजी माछा काेलकाताबाट आयात गरिएको छ । यही मङ्सिर २४ गतेदेखि कांग्रेसको महाधिवेशन काठमाडाैंकाे भृकुटीमण्डपमा सुरु भएको छ ।

भोजनको प्रबन्ध दियालो र अनुपम फुडल्यान्डले संयुक्त रूपमा गरेका छन् । दियालो फुडल्यान्डका प्रबन्ध निर्देशक खोमराज खरालले दैनिक ६ हजार व्यक्तिलाई तीन छाक भोजन खुवाउने गरेको र माछा धेरै जनाले खाने गरेकाे हुँदा खपत बढेको बताए।

कांग्रेसको महाधिवेशनभर झन्डै दश टन माछा खपत हुने अनुमान छ । अधिवेशनमा दैनिक आठ सय केजी कुखुरा र आठ सय केजी खसीको मासु खपत हुने गरेको छ । अधिवेशनको बिहान नास्ताका लागि झन्डै १२ हजार अन्डा खपत भएको थियो । अधिवेशनमा दैनिक ६ हजार व्यक्तिका लागि भोजन तयारी गरिएको छ ।

प्रतिदिन प्रतिव्यक्ति दुई हजार दुई सय रुपैयाँका दरले बिहानको नास्ता र दुई छाक खाना खुवाउनुपर्ने सम्झौता भएको दियालो फुडल्यान्डका अध्यक्ष जनप्रकाश चापागाईँले जानकारी दिए । खानामा शाकाहारी र मांसाहारी दुवै थरीका भोजन तयार गरिँदै आएको बताइन्छ ।

प्रतिक्रिया