
देउवापत्नी आरजुसँग भोट माग्दै प्रकाशमान
काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका उम्मेदवार प्रकाशमान सिंहले शेरबहादुर देउवापत्नी आरजु राणासँग भोट मागेका छन्।
आइतबार भृकुटीमण्डपमा नेता सिंहले आरजुसँग हात जोड्दै भोट मागेका हुन्। नेता सिंहले भोट मागेको फोटो उनको सचिवालयले सार्वजनिक गरेको छ।
आरजुका श्रीमान देउवा समेत १४ औं महाधिवेशन अन्तर्गत सभापतिको उम्मेदवार हुन्। सभापतिमा देउवासहित ६ जनाको उम्मेदवारी परेको छ।



कागजपत्र |
