
कल्याण गुरुङद्वारा सभापति पदमा उम्मेदवारी दर्ता
काठमाडौं – नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा कल्याण गुरुङले सभापति पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । गुरुङले मनोनयन दर्ता गर्ने समय सुरु भए लगतै आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । केन्द्रीय सभापति पदमा उम्मेदवारी दर्ता गर्ने उनी पहिलो हुन् ।
गुरुङले यसअघि नै पत्रकार सम्मेलन गरी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका थिए । गुरुङ केन्द्रीय सदस्य हुन् ।
उनले परिवर्तन न्याय र समानताका लागि मैले उम्मेदवारी दर्ता गरेको बताए । हालसम्म कसैको टीम नबनेको कारण आफूले पनि एक्लै उम्मेदवारी दर्ता गरेको उनको भनाइ छ । कुनै पनि हालतमा आफ्नो उम्मेदवारी फिर्ता नहुने उनको भनाइ छ ।
नेपाली काँग्रेसको महाधिवेशनमा शनिबार बिहान १० बजेबाट सुरु भएको मनोनयन साँझ ५ बजेसम्म रहने काँग्रेसले जनाएको छ । काँग्रेसले सभापति पदका लागि मनोनयन दर्ता गर्न ३० हजार शुल्क तोकेको छ ।



कागजपत्र |
