
प्रकाशमानको प्यानलबाट उपसभापति लड्ने सुजाता कोइरालाको घोषणा
काठमाडौं – नेपाली कांग्रेसकी नेत्री सुजता कोइरालाले उपसभापतिमा उम्मेदवारी दिने भएकी छन् ।
कोइरालाले प्रकाशमान सिंहको समूहबाट उपसभापतिमा उम्मेदवारी दिने नेपाली कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँले जानकारी दिए ।
सभापति बानियाँले पदाधिकारीका लागि संस्थापन र पौडेल समूहका नेताहरूसङ्ग छलफल भइरहेको बताए ।
सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका प्रकाशमानले केहिबेर आफ्नो अवधारणा पत्र सार्वजनिक गर्ने कार्यक्रम छ ।
कांग्रेसको १४ औं माहाधिवेशनको निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ । आज उम्मेदवारको मनोनयम दर्ता हुँदैछ । मनोनयनमाथि दाबी विरोध सकेर २७ गते बिहान ८ बजेदेखि मतदान सुरु हुने कांग्रेसले जनाएको छ ।



कागजपत्र |
