

काँग्रेस महाधिवेशन : उद्घाटनअघि र्याली नगर्ने

काठमाडौं – नेपाली काँग्रेसको १४औँ महाधिवेशन आज (शुक्रबार) देखि काठमाडौँको भृकुटीमण्डपमा सुरु हुँदै छ ।
दिउँसो १ बजे प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गर्दै छन् ।
उद्घाटन अघि काँग्रेसले र्यालीको आयोजना नगर्ने भएको छ। काँग्रेसले ट्राफिक अस्तव्यस्त हुन नदिन र्याली नगर्ने भएको हो ।
त्यस्तै महाधिवेशनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरु सहभागी हुनेछन् ।
तर, एमाले अध्यक्ष केपी ओली अस्वस्थ भएकाले आउनेरनआउने टुङ्गो लागेको छैन । करिब चार हजार पाँच सय महाधिवेशन प्रतिनिधि महाधिवेशनमा सहभागी हुँदै छन् । त्यस्तै कोरोनाका कारण अन्य सहभागीलाई नबोलाइएको बताइएको छ ।

