कांग्रेस महाधिवेशनः भारतीय पाहुना काठमाडौंमा


काठमाडौं – नेपाली कांग्रेसको आजदेखि शुरु हुने १४ औं महाधिवेशनमा भाग लिन भारतीय जनता पार्टीका दुई जना र राष्ट्रिय काँग्रेसका एक जना नेता काठमाडौं आइपुगेका छन्।

भाजपा नेता तथा पूर्व केन्द्रीय स्वास्थ, परिवार कल्याण र विज्ञान तथा प्रविधि मन्त्री डाक्टर हर्षवर्धन र सचिव हरिश द्विवेदी बिहीबार अपरान्ह नेपाल आइपुगेका हुन्।

दिल्लीको चाँदनी चौक निर्वाचन क्षेत्रबाट लोकसभामा विजयी सांसद हर्षबर्धन आफै पनि नाक, कान, घाँटी विशेषज्ञ हुन्।

त्यसैगरी भारतीय राष्ट्रिय कांग्रेसका महासचिव मुकुल वासनिक पनि नेपाली कांग्रेसको महाधिवेशनमा सहभागी हुन बिहीबार नै नेपाल आएका छन्।

प्रतिक्रिया