

अमेरिकामा तीन लाख बढीको मृत्यु, १ करोड ६५ लाख बढी संक्रमित

काठमाडौं – अमेरिकामा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ३ लाख नाघेको छ ।
तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ९ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख ५ हजार ८२ पुगेको छ ।
यस्तै त्यहाँ १ करोड ६५ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।
पछिल्लो २४ घण्टामा २ लाख २० हजार २९८ जनामा संक्रमण भएको छ ।
पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या १ करोड ६५ लाख ४९ हजार ३६६ पुगेको छ ।
संक्रमितमध्ये अहिलेसम्म ९६ लाख ४४ हजार ३२५ जना संक्रमणमुक्त भएका छन् ।
उपचार गराइरहेका ६५ लाख ९९ हजार ९५९ जनामध्ये २७ हजार ५२३ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

