

नेकपा स्थायी समिति बैठक आज, दुवै अध्यक्षको प्रस्तावबारे छलफल हुने

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज पनि बस्दैछ ।
मंसिर २१ मा सुरू भएको स्थायी कमिटी बैठक एक साताको स्थगनपछि पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो १ बजे बस्न लागेको हो ।
आजको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आजको बैठकमा सहभागी हुने जनाइएको छ ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकलौटीरूपमा राजनीतिक प्रस्ताव लगेपछि ओलीले पनि प्रतित्यूत्तरस्वरुप जवाफ पठाएका थिए ।
स्थायी समितिमा दुवै अध्यक्षहरुको बारेमा छलफल हुने पनि जनाइएको छ । स्थायी समितिबाटै पार्टीको आन्तरिक विवाद समाधान हुने अपेक्षा नेता तथा कार्यकर्ताहरुले गरेका छन् ।

