बिना भिसा अमेरिका जाँदै गरेका दाङका युवाको अचानक बाटैमा मृत्यु


काठमाडौं – अमेरिका जाँदै गरेका दाङका एक युवकको बाटैमा ज्यान गएको छ । अमेरिका जाँदै गरेका दाङ तुलसीपुर उपमहानगरपालिका-३, गोटीखोलाका २१ वर्षीय साहिल बोहराको बाटैमा मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

नेपाली समयानुसार सोमबार साँझ ७ बजेतिर पेरुमा उनको मृत्यु भएको हो । दलाललाई मोटो रकम दिएर अमेरिकी सीमाक्षेत्रबाट प्रवेश गराउने आश्वासनअनुसार बोहरा भिसा बिनै अमेरिका जाँदै थिए ।

तर पेरु पुग्दा उनलाई अचानक ज्वरो आउने र रुघा लाग्ने समस्या भयो । त्यसपछि आइतबार बेलुका दलालले उनलाई त्यहाँ होटलको व्यवस्था गरिदिए ।

सोमबार बिहान अस्पताल जाने क्रममा उनी अचानक ढलेका थिए । लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको बताइएको छ । मृत्युको कारण अझै केही खुलेको छैन।

यसरी बिना भिसा अमेरिका प्रवेशका लागि लाखौं रकम दलाललाई बुझाएर हिँडेरै जाने नेपाली युवा बाटैमा मृत्यु हुने घटना बारम्बार हुने गरेका छन् ।

गत जुनमा पनि बिना भिसा मेक्सिको सीमा क्षेत्रबाट अमेरिका प्रवेश गर्न गएका सात नेपाली क्यारेबियन सागरमा डुंगा दुर्घटना हुँदा समुद्रमा बेपत्ता भएका थिए ।

प्रतिक्रिया