सुनचाँदीको भाउ घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?


काठमाडौं – मंगलबार नेपाली बजारमा सुनचाँदी दुबैको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबारको मूल्यको तुलनामा सुन तोलामा २०० रुपैयाँले र चाँदी १० रुपैयाँले घटेको हो ।

घटेको मूल्य अनुसार आज सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ र चाँदी एक हजार १९० रुपैयाँमा कारोबार भइरहेको छ । गत सोमबार सुन र चाँदी क्रमशः ९२ हजार रुपैयाँ र एक हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, यता तेजाबी सुनको मूल्य समेत गत सोमबारको मूल्य २०० रुपैयाँले नै घट्दै आज ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया