‘ए’ डिभिजन लिगः आज आर्मी र ब्रिगेड ब्वाइज भिड्दै


काठमाडौं – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज (आइतबार) एक खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज हुने खेलमा ब्रिगेड ब्वाइज क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

आज हुने एकमात्र खेल अपरान्ह ४ः४५ बजे सुरु हुनेछ । ४ अंकका साथ चौंथो स्थानमा रहेको ब्रिगेड आज दोस्रो जितको खोजीमा मैदान उत्रिनेछ ।

यस्तै, २ खेल खेलेको आर्मीले बराबरी खेल्दै २ अंक जोडेको छ । आर्मी आज पहिलो जितको खोजीमा रहनेछ ।

प्रतिक्रिया