कांग्रेस महाधिवेशनः कर्णाली प्रदेश सभापतिमा ललितजंग शाही निर्वाचित


काठमाडौं — नेपाली कांग्रेसको कर्णाली प्रदेश सभापति पदमा ललितजङ्ग शाही निर्वाचित भएका छन् । शनिबार भएको मतदानपछि गरिएको मतपरिणामअनुसार उनी भूपेन्द्रजङ्ग शाहीलाई १०५ मतान्तरले हराउँदै प्रदेश सभापति बनेका हुन् ।

निर्वाचन समितिका अनुसार सभापति पदमा विजयी ललितजङ्गले ४२२, उनका प्रतिद्वन्द्वी भूपेन्द्रजङ्गले ३१७ र मोतीराज बमले सात मत प्राप्त गरे ।

सभापतिमा निर्वाचित जुम्ला निवासी ललितजङ्ग दोस्रो संविधानसभामा सदस्य हुन् ।

कूल ७७१ मतदाता रहेको प्रदेश अधिवेशनमा ७५४ मत खसेको थियो भने आठ मत बदर भएको थियो । निर्वाचन समितिका सदस्य विवशकुमार बस्नेतले अन्य पदहरूको मतगणना जारी रहेको बताए ।

प्रतिक्रिया