भारतको नागाल्यान्डमा चलेको गोलीबाट १३ सर्वसाधारणको मृत्यु, केही घाइते


नागाल्यान्ड – भारतको पूर्वोत्तर राज्य नागाल्यान्डमा भएको गोली हानाहानमा १३ जनाको मृत्यु भएको छ । घटनामा परी केही व्यक्ति घाइते भएको जनाइएको छ । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भईरहेको पनि जनाइएको छ ।

नागाल्याण्डको मोन जिल्लास्थित ओटिङमा शनिबार साँझ भएको आक्रमणमा परि १३ जनाको मृत्यु भएको हो । घटनामा ज्यान गुमाउनेको संख्या बढ्ने देखिएको छ ।

घटनापछि स्थानीयले प्रहरीको गाडीमा आगजनी गरेका थिए । उक्त घटना घट्नुको कारण भने पत्ता लागि नसकेको जनाइएको छ । घटनालाई पुष्टी गर्दै मुख्यमन्त्री नेफियो रियोले मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै उक्त क्षेत्रमा शान्तिका लागि जनतासँग आग्रह गरेका छन् ।

त्यसका साथै भारतीय केन्द्रीय गृहमन्त्री अमित शाहले पनि उक्त घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको एसआईटीद्वारा अनुसन्धान गर्ने जनाएका छन् ।

स्थानीयका अनुसार एउटा पिकअप मिनी ट्रकमा आइरहेका गाउँलेमाथि अज्ञात समूहले आक्रमण गरेको जनाइएको छ ।

 

प्रतिक्रिया