जब २४ सै घण्टा घाम लागिरहेको ठाउँमा २ मिनेट पूरै अँध्यारो भयो…


काठमाडौं – २०२१ सालको अन्तिम सूर्यग्रहण आज लागेको छ । यो ग्रहण अस्ट्रेलियाका साथै दक्षिण अमेरिका, अन्टार्कटिका, दक्षिण अफ्रिका र दक्षिण अटलान्टिक जस्ता क्षेत्रमा देखिएको छ ।

खगोलविदहरुका अनुसार अन्टार्कटिकामा अक्टोबर महिनादेखि नै सूर्य अस्ताएको छैन । तर, आज सूर्यग्रहणका कारण अन्टार्कटिकाको केही भागमा पूरै अँध्यारो भयो । यो अँध्यारो अवस्था करिब २ मिनेटसम्म चल्यो ।

पृथ्वीको सुदूर दक्षिण महादेश अन्टार्कटिकामा अहिले गर्मी महिनाको महिनौं लामो दिन चलिरहेको छ । यहाँ अक्टोबरकोमध्यदेखि सूर्य अस्ताएको छैन र अब अप्रिलको सुरुवातसम्म अवस्था यस्तो हुनेछ । आज अन्टार्कटिकाको इम्पेरर प्वाइन्टमा खग्रास सूर्यग्रहण देखियो । यसबाहेक अर्जेन्टिना, ब्रिटिस र चिलियन अन्टार्कटिका क्षेत्रमा पनि ग्रहण लाग्यो ।

आज दक्षिण अमेरिका, अफ्रिका, अस्ट्रेलिया, न्यूजिल्याण्ड लगायतका क्षेत्रमा आंशिक सूर्यग्हण देखियो । दक्षिण अमेरिका र अफ्रिकामा बिहानको समयमा ग्रहण देखियो । अस्ट्रेलिया, न्यूजिल्याण्ड लगायतका क्षेत्रमा अपरान्ह ग्रहण देखियो ।

प्रतिक्रिया