दुई विषयमा ‘ए प्लस’ ल्याउँदै करिश्माले कक्षा १२ पास गरिन्


काठमाडौं – शुक्रबार सार्वजनिक भएको कक्षा १२ को परीक्षामा अभिनेत्री करिश्मा मानन्धर उत्तीर्ण भएकी छन्। राष्ट्रिय परीक्षा बोर्डले गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म परीक्षा लिएको थियो।

सार्वजनिक नतिजाअनुसार उनले २.४१ जिपिए ल्याएर कक्षा १२ को परीक्षा उत्तीर्ण गरेकी हुन्। उनले दुई विषयमा ए प्लस जिपिए ल्याएकी छन्।

कक्षा १२ को नतिजा राम्रो आएकोमा खुसी व्यक्त गर्दै मानन्धरले घर नजिकको कलेज भएकाले अबको थप अध्ययन पनि यही कलेजमा गर्ने प्रतिक्रिया दिइन्।

उनले अब स्नातक पढ्ने योजना रहेको बताइन्। उनले भनिन्, ‘मलाई अझै पढ्ने इच्छा छ। समाजशास्त्र वा ग्रामीण विकास मुल विषय लिएर पढ्ने योजना छ।’

नायिका मानन्धरले गोदावरीस्थित किटिनी माविबाट कक्षा १२ को परीक्षा दिएकी थिइन्।

प्रतिक्रिया