पार्टी कार्यालय पुगेर ओलीले गरे अध्यक्षमा पदबहाली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोस्रोपटक अध्यक्ष पदमा पदबहाली गरेका छन् ।

चितवनमा भएको राष्ट्रिय महाधिवेशनको निर्वाचनबाट १८३७ मतसहित अध्यक्षमा दोस्रोपटक निर्वाचित भएसँगै ओली पार्टी कार्यालय थापाथली पुगेर पदबहाली गरेका हुन् ।

अध्यक्ष ओलीलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, कार्यालय सचिव शेरबहादुर तामाङलगायतले पार्टी कार्यालयमा स्वागत गरेका थिए ।

सर्वसम्मति अध्यक्ष भएर चितवनबाट फर्कन चाहेका ओली अन्ततः मतदान प्रक्रियामा सामेल भएर निर्वाचित भएका थिए ।

प्रतिक्रिया