
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा विभाजित
काठमाडौं – नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबाट विभाजन भई नेकपा (क्रान्तिकारी) घोषणा गरिएको छ ।
काठमाडौंमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रचार विभागका प्रमुख अमर गोपालीले कात्तिक २६ र २७ गते रौतहटमा बसेको क्रान्तिकारी शक्तिहरुको ऐतिहासिक भेलाले उत्पादनसहितको सशस्त्र जनविद्रोहको कार्यदिशा पास गर्दै नेकपा (क्रान्तिकारी)को गठन गरेको हो ।
प्रमुख गोपालीले विप्लव नेतृत्वको नेकपाले अवस्तुवादी, अवैज्ञानिक बाटोमा लागेर जनमुक्ति सेना, जनसत्ता, जनअदालत विघटन गरेर दिशाहिन काल्पनिक बाटोमा लागेको आरोप लगाए ।
उनले विप्लव नेतृत्वको नेकपा पूर्णरुपमा असफल भएको आरोप लगाउदै भने, ‘भ्रष्ट दलाल व्यवस्थाले गर्ने जनमतसंग्रह नामको चुनावमार्फत वैज्ञानिक समाजवाद ल्याउने अवस्तुवादी, अवैज्ञानिक बाटोमा लागेर जनमुक्ति सेना, जनसत्ता, जनअदालत विघटन गरेर दिशाहीन काल्पनिक बाटोमा लागेर पूर्णत: असफल भइसकेको छ ।’



कागजपत्र |
