५ सदस्यीय समिति नभए निर्वाचनको वैधतामाथि प्रश्न उठ्छ : निधि


काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले केन्द्रीय निर्वाचन समितिमा तत्काल एक जना मनोनित गर्नुपर्ने बताएका छन् ।

केन्द्रीय निर्वाचन समितिको संयोजकबाट वरिष्ठ अधिवक्ता महादेव यादवले राजीनामा दिएपछि समिति हाल निर्वाचन समिति ४ सदस्यीय छ ।

कांग्रेसको विधानमा निर्वाचन समिति ५ सदस्यीय हुनैपर्ने व्यवस्था रहेको भन्दै निधिले ५ सदस्यीय समिति नभए निर्वाचनको वैधतामाथि प्रश्न उठ्ने बताएका हुन् ।

निधिले प्रदेश अधिवेशनअघि नै निर्वाचन समितिलाई पूर्णता दिनुपर्ने बताए । उनले राजीनामा दिएका यादवलाई राजीनामा फिर्ता गराउन लगाउनुपर्ने वा अर्को मान्छे नियुक्त गर्नुपर्ने बताए ।

निर्वाचन समितिका संयोजक यादवले हतारमा राजीनामा दिएको भन्दै निधिले राजीनामा स्वीकृत पनि हतारमै भएको टिप्पणी गरे ।

प्रतिक्रिया